शिक्षक र प्रहरीबीच बानेश्वरमा झडप, एकजना पक्राउ

शिक्षक र प्रहरीबीच बानेश्वरमा झडप, एकजना पक्राउ

काठमाडौं । आन्दोलनरत शिक्षक र प्रहरीबीच आइतबार (वैशाख १४) नयाँ बानेश्वरमा झडप भएको छ । शिक्षकले ढुंगा प्रहार गरेका प्रहरीले जनाएको छ ।

त्यसपछि शिक्षकमाथि प्रहरीले पानीको फोहोरा प्रहार गर्‍यो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपीलराज बोहोराले त्यसक्रममा एक शिक्षकलाई नियन्त्रणमा लिइएको बताए ।

निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेका प्रदर्शनकारीलाई तितरवितर पार्न सामान्य बल प्रयोग गरिएको प्रहरीले जनाएको छ ।

खबरपाटी
खबरपाटी