भाटभटेनी लुटपाटमा संलग्न काँग्रेस सहमहामन्त्री यादवका छोरा, ६ दिन थुनामा राखेर मुद्दा नचलाइ छाडियो

भाटभटेनी लुटपाटमा संलग्न काँग्रेस सहमहामन्त्री यादवका छोरा, ६ दिन थुनामा राखेर मुद्दा नचलाइ छाडियो

काठमाडौँ- गत चैत १५ गते राजसंस्थावादीहरूले काठमाडौँको तीनकुने क्षेत्रमा गरेको प्रदर्शनपछि भएको लुटपाटमा नेपाली काँग्रेसका सहमहामन्त्री महेन्द्र यादवका छोरा संलग्न रहेको खुलेको छ।

काठमाडौँको कोटेश्वरमा रहेको भाटभटेनी सुपरस्टोर लुटपाट र तोडफोडपछि सीसीटीभी फुटेज र टिकटक भिडियोको आधारमा समातिएकामध्ये एकजना काँग्रेस सहमहामन्त्री यादवका छोरा रहेको खुलेको हो।

यादवका छोरालाई छ दिन थुनामा राखेपछि राजनीतिक दबाबमा छोडिएको स्रोतले बतायो। उनलाई छाडेपछि सँगै पक्राउ परेका अर्का एक व्यक्तिले मलाई चाहिँ किन थुन्ने भनेपछि ती लुटपाटमा संलग्नलाई पनि दुई घण्टापछि छाडिएको हो।

शुक्रबार संसद बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले उक्त विषयलाई उठान गरेका थिए।

खबरपाटी
खबरपाटी