सर्वोच्चको आदेशपछि शिक्षक महासंघले भन्यो- आन्दोलन जारी छ

सर्वोच्चको आदेशपछि शिक्षक महासंघले भन्यो- आन्दोलन जारी छ

काठमाडौंमा चैत २० गतेदेखि जारी शिक्षक आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले आन्दोलन जारी रहने जनाएको छ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गरी शिक्षकहरुको आन्दोलन जारी रहेको जानकारी गराएका हुन्।

बिहीबार सर्वोच्च अदालतले शिक्षकहरूलाई तीन दिन भित्र विद्यालय फर्कने वातावरण मिलाउन अन्तरिम आदेश जारी गरेको थियो।

अदालतले शिक्षकहरूलाई पनि तीन दिनभित्र पठनपाठनमा फर्किन र देशभरका बालबालिकालाई नियमित रूपमा विद्यालयमा पठनपाठन गर्न पाउने हकबाट बञ्जित नगर्न नगराउन आदेश गरेको थियो।

खबरपाटी
खबरपाटी