गभर्नर नियुक्ति विवाद पौडेल र निरौला श्रीमानले हेर्दै

गभर्नर नियुक्ति विवाद पौडेल र निरौला श्रीमानले हेर्दै

काठमाडौं । राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टको गभर्नरमा नियुक्तिका लागि योग्यता नपुगेको दावीसहित सर्वोच्च अदालतमा दायर पूरक रिट निवेदनसहितको पेशी न्यायाधीशद्वय महेश शर्मा पौडेल र नृपध्वज निरौलाको संयुक्त इजलासमा चढेको छ । १३ औं नम्बरमा चढेको मुध्दामा पूरक निवेदनसमेत सँगै पेश गरिएको छ ।

न्यायाधीश नित्यानन्द पाण्डेको इजलासले वैशाख २ गते अल्पकालीन अन्तरिम आदेश जारी गरेकाले गभर्नर नियुक्तिको मुध्दामा पेचिलो अर्थ राख्नेगरी भट्टविरुध्द पूरक निवेदन दायर भएको बताइन्छ । उक्त निवेदन उमेर हदको मापदण्डसम्बन्धी मुध्दासँगै झुण्डिएर पेशीमा चढेको छ ।


कार्यकारी निर्देशक भट्टको गभर्नरमा नियुक्तिका लागि योग्यता नपुगेको र नेताहरुको सहमतिका आधारमा भन्दै ऐनको बाटो छाडी नियुक्त गर्ने दुषित क्रिया भएको दावीसहित अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले पूरक रिट निवेदन दायर गरेका थिए । त्यसअघि ६५ वर्ष उमेर नाघेका व्यक्तिकोसमेत नियुक्ति पाउने गरी संशोधन भएको मापदण्डको रिटसमेत अधिवक्ताद्वयले नै दायर गरेका हुन् ।
 

खबरपाटी
खबरपाटी