आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
सिंहदरबारभित्रै विरोध प्रदर्शन गरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का शीर्ष नेताहरू पक्राउ गरेका छन् । पम्प्लेट प्रदर्शन र गणतन्त्रविरुद्ध नाराबाजी गरेपछि प्रहरीले अध्यक्ष लिङ्देन, संसदीय दलका नेता ज्ञानेन्द्र शाही लगायतलाई पक्राउ गरेको हो ।
राप्रपाले आइतबार निषेधित क्षेत्रमा प्रदर्शनको कार्यक्रम राखेको छ ।
अन्य नेता/कार्यकर्ता बिजुलीबजार क्षेत्रमा भेला भएर प्रदर्शन गरिरहेका बेला अध्यक्ष लिङ्देन लगायतले सिंहदरबारभित्रै प्रदर्शन गरेका हुन् ।
यसअघि ज्ञानेन्द्र शाहीलगायतले आफूहरूलाई संसदीय दलको कार्यालयमै रोकिएको बताएका थिए ।
४ सांसद संसदीय दलको कार्यालयबाट निस्किन नपाएको खबरपछि अध्यक्ष लिङ्देन पनि कार्यालयमा पुगेका थिए ।