वाणिज्य बैंकहरुको नाफा ४१ अर्ब २४ करोड, ११ बैंकले बढाउँदा ९ वटाको खुम्चियो, कुनको कति?

वाणिज्य बैंकहरुको नाफा ४१ अर्ब २४ करोड, ११ बैंकले बढाउँदा ९ वटाको खुम्चियो, कुनको कति?

आठ वाणिज्य बैंकको नाफा घटेपछि समग्रमा वाणिज्य बैंकहरूको नाफा एक प्रतिशतले मात्रै बढेको छ। 

चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा समग्रमा सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूको नाफा ४१ अर्ब १७ करोड रूपैयाँ छ।

यसअघिको यही अवधिमा ४० अर्ब ५८ करोड रूपैयाँ नाफा थियो। 

कुमारी, सिटिजन्स, एनआइसी एसिया, हिमालयन, स्ट्याडर्ड चार्टर्ड, सिद्धार्थ, प्राइम मर्सियल र कृषि विकास बैंकको नाफा घटेको हो। 

यी मध्ये पनि कुमारी, एनआइसी एसिया र हिमालयन बैंकको नाफा उच्चले घटेको छ। 

कुमारीको नाफा ७३ प्रतिशतले घटेर २८ करोडमा सीमित भएको छ। 

एनआइसी एसियाको ९२ प्रतिशतले घटेर १५ करोडमा र हिमालयनको ७४ प्रतिशतले घटेर ५० करोडमा सीमित भएको छ।

सबैभन्दा धेरैले नाफा बढ्नेमा नेपाल बैंक रहेको छ। 

नेपाल बैंकको नाफा २१ गुणाले बढेर दुई अर्ब ७८ करोड पुगेको छ। यसअघि बैंकको नाफा १३ करोड रूपैयाँ थियो। 

धेरै जसो बैंकको कर्जाको गुणस्तर खस्किदै गएपछि प्रावधान रकम बढेको हो। यसले पनि नाफामा प्रभाव परेको हो।

खबरपाटी
खबरपाटी