देशमा स्थानीय वायू र पश्चिमी वायूको प्रभावः यी प्रदेशमा वर्षाको सम्भावना

देशमा स्थानीय वायू र पश्चिमी वायूको प्रभावः यी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा स्थानीय वायू तथा पश्चिमी वायूको प्रभाव रहेको छ। बिहान कोशी र बागमती प्रदेशका एक / दुई स्थानमा छिटपुट वर्षा भएको थियो।

अन्य भूभागमा मौसम आंशिक बदलीदेखि साधारणतया सफा रहेको छ । दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मूख्यतया सफादेखि आंशिक बदली रहने पूर्वानुमान छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार बिहान कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरू र बाँकी भू-भागका एक / दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राति कोशी प्रदेश लगायत गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मूख्यतया सफादेखि आंशिक बदली रहने पूर्वानुमान छ।

कोशी प्रदेशको थोरै स्थानहरूमा तथा गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका एक / दुई स्थानमा मेघगर्जन चट्याङ्ग सहित राति पनि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

खबरपाटी
खबरपाटी