सुमना श्रेष्ठले दिइन् रास्वपा सह–महामन्त्रीबाट राजीनामा

सुमना श्रेष्ठले दिइन् रास्वपा सह–महामन्त्रीबाट राजीनामा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सहमहामन्त्री पदबाट सुमना श्रेष्ठले राजीनामा दिएकी छन्।

प्रतिनिधि सभा सांसदसमेत रहेकी श्रेष्ठले पार्टी सहमहामन्त्री पदबाट केही समयअघि नै राजीनामा बुझाएको रास्वपाका एक सचिवालय सदस्यले जानकारी दिए।

‘पार्टीको जिम्मेवारीमा भन्दा अहिले मेरो आवश्यकता विधायकी भूमिकामा छ भन्दै उहाँले सहमहामन्त्री पदबाट राजीनामा दिनुभएको हो,’ ती सचिवालय सदस्यले भने, ‘सदनमा रास्वपाको भूमिका पनि जति सक्रिय हुनुपर्ने हो त्यति नभएकोले म विधायकी भूमिकामा बढी सक्रिय हुन चाहन्छु।’

श्रेष्ठले केही समयअघि नै पार्टीभित्र राजीनामाको घोषणा गरिसकेको भए पनि बिहीबार बस्ने केन्द्रीय समिति बैठकमा राजीनामा पत्र पेस गर्ने तयारी गरेको उनीनिकट एक नेताले बताए।

खबरपाटी
खबरपाटी