प्रधानमन्त्री ओलीलाई हिटलर हो ? भनेर प्रश्न सोध्ने पत्रकारको पास एक महिना रद्द

प्रधानमन्त्री ओलीलाई हिटलर हो ? भनेर प्रश्न सोध्ने पत्रकारको पास एक महिना रद्द

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई संघीय संसद भवन परिसरमा हिटलर हो ? भनेर प्रश्न सोध्ने पत्रकारको संसद भवन प्रवेश पास एक महिनाको लागि निलम्बन गरिएको छ ।

सचिवालयको महासचिवस्तरीय निर्णयबाट सुनौलो नेपाल युट्युब च्यानलका प्रकाश ओली र युवा मन नेपाल च्यानलका किशोरकुमार श्रेष्ठको प्रवेश पास एक महिनाको लागि रद्द गरिएको हो ।

‘एक महिनाको लागि उहाँहरूको पास निलम्बन गरिएको छ । उहाँहरूको पेशागत काम गर्न हामीले रोक लगाउन मिल्दैन त्यसपछि निर्णयअनुसार हुनेछ,’ संसद सचिवालयका प्रवक्ता एकराम गिरीले शिलापत्रसँग भने । ती पत्रकारहरूलाई पास फिर्ता गर्न सचिवालयले बुधबारसम्मको समय दिएको छ ।

४ फागुनमा संसद भवनबाट बाहिरिँदै गर्दा उनीहरूले प्रधानमन्त्रीलाई तानाशाह र हिटलर भनेका थिए । त्यसबारेमा सत्तारूढ नेकपा एमाले का सांसद सूर्य थापाले ५ फागुनको संसद बैठकमा ध्यानाकर्षण गराएका थिए ।

खबरपाटी
खबरपाटी