बाबर र रिजवानलाई पाकिस्तानको टी-२० टिमबाट हटाइयो

बाबर र रिजवानलाई पाकिस्तानको टी-२० टिमबाट हटाइयो

काठमाडौं । पाकिस्तानले बाबर आजम र मोहमद रिजवानलाई टी(२० टिमबाट बाहिर राखेको छ । यही मार्च १६ देखि हुने न्यूजील्याण्डविरुद्धको सिरिजका लागि पाकिस्तानले आजम र रिजवानलाई टी-२० सिरिजबाट ड्रप गरेको हो ।

टी-२० टिमका लागि पाकिस्तानले सलमान अली आगालाई कप्तान बनाएको छ । पाकिस्तान क्रिकेट बोर्डले मोहम्मद रिजवानलाई एकदिवसीय कप्तानको रूपमा निरन्तरता दिएको छ । आइसीसी च्याम्पियन्स ट्रफीमा खराब प्रदर्शनपछि पनि रिजवानलाई एकदिवसीय कप्तानको रूपमा निरन्तरता दिइएको हो ।


त्यस्तै तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीलाई एकदिवसीय टिमबाट हटाइएको छ । त्यस्तै टी-२० को कप्तान बनाइएका आगाले एकदिवसीय खेलहरुमा उपकप्तानको भूमिका निभाउने बोर्डले जनाएको छ ।

सलमान अली आगा ९कप्तान०, शादाब खान उपकप्तान, अब्दुल समद, अबरार अहमद, हरिस रउफ, हसन नवाज, जहानद खान, खुशदिल शाह, मोहम्मद अब्बास अफ्रिदी, मोहम्मद अली, मोहम्मद हरिस, मोहम्मद इरफान खान, ओमेर बिन युसुफ, शाहीन शाह अफ्रिदी, सुफियान खान, उसमान खान ।


मोहम्मद रिजवान ९कप्तान०, सलमान अली आगा ९उपकप्तान०, अब्दुल्ला शफिक, अबरार अहमद, अकिफ जावेद, बाबर आजम, फहीम अशरफ, इमामउल हक, खुशदिल शाह, मोहम्मद अली, मोहम्मद वसीम जुनियर, मोहम्मद इरफान खान, नसीम शाह, सुफयान मोकिम र ताब्यान मोकिम ।

न्यूजील्याण्ड टूरका क्रममा पाकिस्तानले ५ टी-२० र ३ एकदिवसीय खेलको सिरिज खेल्ने छ ।

खबरपाटी
खबरपाटी