आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । काठमाडौंको थापाथली क्षेत्रमा मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेर जम्मा भएको फोहोर सफा गर्ने काम सुरु भएको छ ।
आज बिहान सो क्षेत्रमा पाइप फुटेपछि सडक नै अवरुद्ध भएको थियो । त्यहाँ सडक पनि भत्किएको छ । सडक पेटीमा पनि क्षति पुगेको छ ।
थापाथली चोकबाट नर्भिक अस्पतालतर्फ मोडिने ठाउँमा फुटेको खानेपानीको पाइपका कारण ठूलो फोर्समा पानी बाहिर निस्किएको थियो ।
पाइप फुट्नुको कारण पत्ता लागिसकेको छैन ।
यसअघि पनि बबरमहल क्षेत्रमा खानेपानीको मुख्य पाइप लाइन फुट्दा बाढी आएको थियो ।