६ प्रदेशमा चट्याङसहित वर्षा र हिमपातको सम्भावना

६ प्रदेशमा चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाडौं । आज पनि पहाडी भू(भागमा मौसम बदली भएको छ।

पश्चिमी वायूका साथै स्थानीय वायु पनि सक्रिय भएकोले कोशी प्रदेशसहित पहाडी भू(भागमा आंशिकदेखि साधारण बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार तराई र उपत्यकाका केही जिल्लामा भने हुस्सु लागेको छ।

आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू(भागका थोरै स्थानहरूमा र बाँकी प्रदेशका पहाडी भू(भागका एक(दुई स्थानमा मेघ गर्जनरचट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको  महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार कोशी, बागती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।


गत २४ घण्टामा सबैभन्दा धेरै कोशी प्रदेशमा वर्षा भएको छ। मोरङको केराबारी स्टेसनमा गत २४ घण्टामा ४०१।२ मिलिमिटर वर्षा मापन भएको छ।

आज पनि चट्याङसहित वर्षासँगै हिमपातको पनि सम्भावना भएकोले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्ने हँदा सतर्क रहन महाशाखाले अपिलसमेत गरेको छ।

खबरपाटी
खबरपाटी