अत्याधिक रक्तस्राव भएपछि एक सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार

अत्याधिक रक्तस्राव भएपछि एक सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार

काठमाडौं । अत्यधिक रक्तस्राव भएपछि अछामबाट एक सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । जिल्लाको कमलबजार नगरपालिका–८ निवासी ३५ वर्षीया रङ्गादेवी भण्डारीले बच्चा जन्माएको र रक्तस्राव नरोकिएपछि आज हेलिकोप्टरमार्फत उद्धार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सन्तोष विकले जानकारी दिए । उनलाई राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत जिल्ला प्रशासन कार्यालय अछामको  समन्वयमा उद्धार गरिएको हो ।

खबरपाटी
खबरपाटी