पूर्वराजा ज्ञानेन्द्र शाहलाई बामदेवको चुनौति - ०८४ को निर्वाचनमा प्रधानमन्त्री बनेर देखाउनुहोस्

पूर्वराजा ज्ञानेन्द्र शाहलाई बामदेवको चुनौति - ०८४ को निर्वाचनमा प्रधानमन्त्री बनेर देखाउनुहोस्

काठमाडौं । राष्ट्रियसभा सदस्य बामदेव गौतमले राजनीतिक पार्टी खोलेर आगामी निर्वाचनमा भाग लिन पूर्वराजा ज्ञानेन्द्र शाहलाई सुझाव दिएका  छन्।

राष्ट्रियसभाको आइतबारको बैठकको विशेष समयमा बोल्दै गौतमले देशको उन्नति भएन,मलाई राजा बनाउ भन्नु उचित नभएको भन्दै प्रजातान्त्रिक राजनीतिक पार्टी खोलेर आगामी निर्वाचनमा भाग लिन पूर्वराजा शाहलाई सुझाव दिएका हुन् । 

राजनीतिक पार्टीका नेताहरूले देशको विकास गरेनन् भन्ने शाहको टिप्पणीप्रति उनले निर्वाचित भइ संसदबाट प्रधानमन्त्री बन्न र नेपालको चौतर्फी विकास र समृद्धि कायम गरि देखाउन चुनौति दिए । तर, फेरि राजा बन्ने प्रयास भए पूर्वराजाको हैसियत समेत गुम्न सक्ने उनले बताए।


उनले राजा वीरेन्द्रको हत्यापछि राजा बनेका ज्ञानेन्द्रलाई सबैले स्वीकारे पनि जनतालाइ रैति बनाएर शासन गर्न खोजेपछि जनताले हटाइएको स्मरण गरे। गौतमले मुलुकको अवस्थाका बारेमा पूर्वराजाले दिएको अभिव्यक्ति सदनले सुन्नुपर्नेमा जोड दिए।

खबरपाटी
खबरपाटी