झम्सिखेलमा ‘फार्मस मार्केट’को सुरुवात, अर्गानिक तरकारी किसानले नै उपलब्ध गराउने

झम्सिखेलमा ‘फार्मस मार्केट’को सुरुवात, अर्गानिक तरकारी किसानले नै उपलब्ध गराउने

काठमाडौं । ललितपुरको झम्सिखेल स्थित मेट्रो मार्केट परिसरमा फार्मस मार्केटको सुरुवात भएको छ ।
पूर्र्व मिस नेपाल इशानी श्रेष्ठको अगुवाईमा सुरु गरिएको फार्मस मार्केटमा अर्गानिक तरकारी तथा खाद्य वस्तु उपलब्ध हुने भएको छ ।

आज ललितपुर महानगरको उपमेयर मञ्जली शाक्य बज्राचार्यको उपस्थितिमा उक्त मार्केटको सुरुवात गरिएको हो । इशानी श्रेष्ठका अनुसार आफूलाई पहिलेदेखि नै हामीले खानेकुरा कहाँबाट आइरहेका छ रु ती खानेकुराहरु कति शुद्ध रहेको छ रु ती विषयहरुमा ध्यान दिनुपर्ने जस्तो लाग्थ्यो । त्यसलाई नै लिएर उनको यो मार्केटको अवधारणा बनाएको जानकारी दिइन् । तर त्यसको लागि किसानहरुसँग जोडिन र कसरी यस्तो बजार चलाउने भन्ने विषयको तयारी गर्नको लागि करिव ४ महिनाको कसरत गरेको उनको भनाई छ ।

आज बजारको सुरुवात गर्ने क्रममा इशानी श्रेष्ठले भनिन्,‘मकवापुर लगायतका किसानहरुलाई जोड्नको लागि हामीले निकै पहल गर्यो । उहाँहरुले अर्गानिक उत्पादन भएका वस्तुहरुलाई सिधै पहुँच दिने भनेर यसको सुरुवात गरेका छौं ।’ स्वास्थ्यको जो कोहिलाई चिन्ता हुन्छ त्यसकारणले हामीले खानेकुरा पनि कस्तो हो भन्ने विषय थाहा पाउन जरुरी रहेको उनको भनाई छ ।

त्यस्तै उपमेयर मञ्जली शाक्य बज्राचार्यले पनि किसान बचाउन सके मात्रै सबैको स्वास्थ्य राम्रो हुने बताइन् । विभिन्न खाले बिचको मान्छे , तथा अर्गानिक भन्दा अन्य तरकारी बेच्नेहरुले धेरै नाफा गर्दा भने सोझा सिधा किसानहरुमा मारमा परेको बताइन् ।

अर्गानिक उत्पादन गर्ने र मेहेनत गर्न खोज्नेहरुको साथमा ललितपुर महानगर रहेको समेत जानकारी दिइन् ।

आज सुरुवात भएको फार्मस मार्केट मेट्रो मार्केट परिसरमा रहेको छ । मेट्रो मार्केटमा वस्तु खरिद गर्न आउने र झम्सिखेल बासीलाई यहाँको तरकारी किन्नको लागि निकै फलदायी तथा आरामदायी हुने देखिएको छ । अर्गानिक तयारी खोजी गर्ने जोकोहि समेत उक्त स्थानमा पुग्न सक्नेछन् ।

खबरपाटी
खबरपाटी