विपद् पूर्व र पश्चातको सूचना प्रणालीलाई प्रभावकारी बनाउन गृहमन्त्रीको निर्देशन

विपद् पूर्व र पश्चातको सूचना प्रणालीलाई प्रभावकारी बनाउन गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री रमेश लेखकले विपद् पूर्व सूचना र विपद् पश्चातको सूचना प्रणालीलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन्। बुधबार गृह मन्त्रालयमा विपद् पूर्व सूचना र विपद् पश्चातको सूचना प्रणाली सम्बन्धी छलफल कार्यक्रममा सम्बन्धित निकायलाई सूचना सम्प्रेषणमा नेपाल टेलिकम र एनसेलको महत्वपूर्ण भूमिका रहेको बताएका हुन्। 


तर, अब विपद् पूर्व सूचना सम्प्रेषण गर्दा म्यासेजको ठाउँमा मोबाइलमा घण्टी बच्ने व्यवस्था प्रभावकारी हुने गृहमन्त्री लेखकको भनाइ छ। ‘प्रत्येक पालिकाको वर्गीकरण गरेर विपद् पूर्व सूचना मोबाइलमा घण्टी बच्ने गरी सम्प्रेषण गर्दा प्रभावकारी हुन्छ। यसले मनसुनजन्य विपद्बाट पूर्वसूचित हुन सक्छौं,’ उनले भने। 

स्थानीय तहमा  विपद् प्रभावितको उद्दारका लागि स्वयमसेवक बनाए पनि उद्धारको आधारभूत जिम्मेवारी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले निरन्तर जारी राख्नुपर्ने गृहमन्त्री लेखकले बताए।

विपद् पश्चातको सूचना प्राप्त गर्न डाउन टू एप्रोचको प्रणाली पनि बनाउनुपर्ने उनको भनाइ छ। वडामा निर्वाचित पाँच जना प्रतिनिधिलाई विपद् पश्चातको सूचना दिने जिम्मेवार बनाउनुपर्ने गरी एउटा संयन्त्र बनाउनुपर्ने गृहमन्त्री लेखकले बताए। ‘अफ डाउन’को सूचना संयन्त्र बनाउनु सक्दा विपद् पूर्व र पश्चातको सूचना सम्प्रेषण प्रभावकारी हुने उनको भनाइ छ।  ‘असारबाट मनसुनजन्य जोखिम सुरु हुन्छ। त्यो बेलासम्म सूचना प्रणालीलाई राम्रो बनाउनुपर्छ। पूर्व सूचना प्राप्त नहुने खालका विपदबारे डाउन टू एप्रोचको प्रणाली राम्रो नाउन वडामै जानुपर्छ ,’ उनले भने।


 

खबरपाटी
खबरपाटी