आजको मौसम : तीन प्रदेशमा हल्का हिमपातको सम्भावना

आजको मौसम : तीन प्रदेशमा हल्का हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव कायमै रहेको छ । सोही कारण आज बिहान कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

देशका मध्य र पूर्वी तराईका केही भागमा हुस्सु लागेको छ । महाशाखाका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । 

साथै,  बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकरदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

त्यसैगरी, आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकरदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।


आगामी २४ घण्टामा कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भागका एकरदुई स्थानमा हल्का हिमपातको सम्भावना छ । 

बिहीबार बिहान तराईका केही भागमा हुस्सु लाग्ने सम्भावना रहेको जनाउँदै महाशाखाले त्यसबाट दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई उड्डयनमा आंशिक प्रभाव पर्न सक्ने भएकाले सतर्कता अपनाउन सम्बद्ध सबैलाई अनुरोध गरेको छ । 

खबरपाटी
खबरपाटी