रियल मड्रिडसँग पराजित भयो म्यानचेस्टर सिटी

रियल मड्रिडसँग पराजित भयो म्यानचेस्टर सिटी

काठमाडौं । यूईएफए च्याम्पियन्स लिगमा रियल मड्रिडले म्यानचेस्टर सिटीलाई पराजित गरेको छ । गए राति भएको खेलमा रियल मड्रिड ३-२ गोलअन्तरले विजयी भएको हो ।

सिटीका अर्लिङ हल्यान्डले खेलको १९औँ मिनेटमा गोल गर्दै टिमलाई रियल मड्रिडविरुद्ध अग्रता दिलाएका थिए । तर, ६०औँ मिनेटमा रियलका एम्बाप्पेले बराबरी गोल फर्काए ।

यस्तै ८०औँ मिनेटमा पाएको पेनाल्टी सदुपयोग गर्दै हल्यान्डले सिटीलाई रियलविरुद्ध दोस्रोपटक अग्रता दिलाए । तर ८६औँ मिनेटनमा रियलका ब्राहिम डइजले बराबरी गोल फर्काए भने इन्जुरी समयमा जुडे बेलिङ्घमले गोल गर्दै सिटीविरुद्ध ३-२ को जित सुनिश्चित गरे ।

अर्को खेलमा डर्टमन्डले स्पोर्टिङ क्लबलाई ३-० ले पराजित गर्दा जुभेन्टसले पीएसभीविरुद्ध २-१ को जित निकाल्यो । उता पीएसजीले ब्रेस्टलाई ३-० ले पराजित गर्‍यो ।

खबरपाटी
खबरपाटी