मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभाबाट पारित

मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभाबाट पारित

काठमाडौँ । मिडिया काउन्सिल विधेयक, २०८० राष्ट्रिय सभाबाट सर्वसहमतिले पारित भएको छ ।  सोमबार बसेको राष्ट्रिय सभाको बैठकले मिडिया काउन्सिल विधेयक, २०८० सर्वसहमतिले पारित गरेको हो । 


बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले पारित गर्न प्रस्ताव पेस गरे । बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले मिडिया काउन्सिल विधेयक, २०८० राष्ट्रिय सभाबाट सर्वसहमतिले पारित भएको घोषणा गरे । 

राष्ट्रिय सभाको अर्को बैठक फागुन ४ गते आइतबार बस्ने गरी स्थगित भएको छ । 

खबरपाटी
खबरपाटी