प्यूठानमा शंकास्पद वस्तु विस्फोट, बालक घाइते

प्यूठानमा शंकास्पद वस्तु विस्फोट, बालक घाइते

काठमाडौं । प्यूठानमा शंकास्पद वस्तु विस्फोट हुँदा एक जना बालक घाइते भएका छन्।

शनिबार दिउँसो साढे २ बजे मल्लरानी गाउँपालिका(३ धरमपानीस्थित एक घरनजिकै शंकास्पद वस्तु विस्फोट हुँदा एक जना बालक घाइते भएका छन्।

११ वर्षीय बालकको प्राथमिक उपचारपछि लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। 

सोही ठाउँ अनुसन्धानका लागि खटिएको प्रहरीको टोलीले गहुँबारीमा दुई वटा थप शंकास्पद वस्तु फेला पारेको थियो।

उक्त जानकारी पाएपछि नेपाली सेनाको बम डिस्‍पोजल टोली खटिएको थियो।


टोलीले दुई वटै शंकास्पद वस्तु निष्क्रिय पारेको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

खबरपाटी
खबरपाटी