अर्जुन ट्रफी दोस्रो सेमिफाइनल खेलमा आज अत्तरिया र धनगढी भिड्दै

अर्जुन ट्रफी दोस्रो सेमिफाइनल खेलमा आज अत्तरिया र धनगढी भिड्दै

काठमाडौं ।  धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा आज सिवाइसी अत्तरिया र डीसीए धनगढी बिच हुँदैछ । 

यसअघि शनिवार भएको पहिलो फाइनल खेलमा न्यू होराइजन बुटवललाई पाँच विकेटले हराउँदै डडेल्धुरा फाइनलमा पुगेको छ । आजको विजेता टिमले सोमवार फाइनलमा डडेल्धुरासँग भिड्ने छ ।

अत्तरिया सँगको सेमिफाइनल खेल खेल्नका लागि धनगढीले आज नेपाली अलराउण्डर दिपेन्द्र सिह ऐरीलाई नयाँ खेलाडिका रुपमा भित्र्याएको छ । धनगढीबाट दिपेन्द्र सिंह ऐरी सहित ललीत राजवंशी, लोकेश बाम, नारायण जोशी लगायतका खेलाडीहरु रहेका छन् भने अत्तरियाबाट भीम सार्की, विवेक यादव, साहव आलम, रसिद खान लगायतका खेलाडीहरु रहेका छन् । 

खबरपाटी
खबरपाटी