एट्लेटिको मड्रिड कोपा डेल रेको सेमिफाइनलमा

एट्लेटिको मड्रिड कोपा डेल रेको सेमिफाइनलमा

काठमाडौं । गिउलियानो सिमेओनले पहिलो हाफमै गरेको दुई गोलको मद्दतले एट्लेटिको मड्रिडले गेटाफेलाई ५–० को फराकिलो अन्तरले हराउँदै कोपा डेल रे सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।   

मंगलबार राति मेट्रोपोलिटानो रंगशालामा भएको खेलसहित एट्लेटिको मड्रिडले कोपा डेल रेमा गेटाफेविरुद्ध खेलेका तीन खेलमा अहिलेसम्म गोल खानु परेको छैन २ जित, १ बराबरीको नतिजा आत्मसाथ गर्न सफल भएको छ ।

खेलको आठौं मिनेटमा जाभी गालानको क्रसलाई सिमेओनेले उत्कृष्ट हेडिङ गर्दै टोलीलाई अग्रता दिलाए । नौ मिनेटपछि उनले उत्कृष्ट काउन्टर–एट्याकको समापन गर्दै दोस्रो गोल गर्दै एट्लेटिकोको अग्रता दोब्बर बनाए । यो गोलमा जुलियन अल्भारेजको मुख्य भूमिका रह्यो ।  

पहिलो हाफ सकिन केही अघि अल्भारेजकै पासबाट सामुएल लिनोले गोल गर्दै एट्लेटिकोको अग्रतालाई ३–० बनाए । दोस्रो हाफ सुरु भएको केही समयमा सिमेओनेले ह्याट्रिक पूरा गरेको जस्तो देखिए पनि उनको गोल अफसाइड भएको कारण मान्य भएन ।  

७८औं मिनेटमा एन्जेल कोरेआले बाहिरबाट गरेको सुन्दर प्रहारमार्फत चौथो गोल गरे भने खेल सकिन चार मिनेट अघि अलेक्ज्याण्डर सोर्लोथले डोमिङोस डुआर्टेको गल्तीको फाइदा उठाउँदै पाँचौं गोल गर्दै एट्लेटिकोको शानदार जित सुनिश्चित गरे ।  

खबरपाटी
खबरपाटी