नेप्से पुनर्संरचना र सक्षम सीईओ नियुक्त गर्न कर्मचारी संघको माग

नेप्से पुनर्संरचना र सक्षम सीईओ नियुक्त गर्न कर्मचारी संघको माग

 काठमाडौं । नेप्से कर्मचारी संघले नेप्सेमा क्षमतावान सीईओ नियुक्त गर्दै संस्थाको पुर्नसंरचना गर्न माग गरेको छ ।

एक विज्ञप्ति जारी गर्दै संघले अब नियुक्त हुने सीईओ पूँजी बजारको विषयमा गहिरो ज्ञान, व्यावसायिक क्षमता भएको र नेप्सेको पुर्नसंरचना गराउन सक्ने व्यक्ति हुनुपर्ने संघको माघ छ । हालका सीईओ कृष्णबहादुर कार्कीको कार्यकाल माघ २५ गते सकिँदैछ ।


त्यस्तै साना तथा मझौला कम्पनीको सेयर कारोबार गर्ने÷गराउने, नयाँ कारोबार योग्य औजार ल्याउने, प्रविधिलाई अद्यावधिक गराउने लगायतका कार्य जरुरत रहेको भन्दै संघले ती कार्य अघि बढाउन पूँजी बजारको विषयमा गहिरो ज्ञान भएको सक्षम नेतृत्वको खाँचो रहेको औंल्याएको छ ।

नयाँ स्टक एक्स्चेन्ज खुल्ने भएसँगै नेप्सेको अस्तित्व संकटमा पर्न सक्ने जोखिम छ । यहीं कारण कर्मचारी संघले बारम्बार नेप्सेको पुर्नसंरचनामा जोड दिँदै आएको छ । पुर्नसंरचनाका लागि नेप्सेले नै खाका तयार गरेर बुझाए पनि सरकारले बेवास्ता गर्दै आएको छ ।


 

खबरपाटी
खबरपाटी