सिटीविरुद्ध आर्सनलको फराकिलो जीत

सिटीविरुद्ध आर्सनलको फराकिलो जीत

काठमाडौं । प्रिमियर लिगफुटबलमा आर्सनलले साविक विजेता म्यानचेस्टर सिटीलाई ५–१ को फराकिलो अन्तरले हराएको छ । गएराति भएको खेलमा कप्तान मार्टिन ओडेगार्डले दोस्रो मिनेटमै आर्सेनललाई अग्रता दिलाएका थिए । एर्लिङ हालान्डले दोस्रो हाफको ५५औं मिनेटमा साविन्होको क्रसमा हेड गोल गरे । 


खेलको दोस्रो हाफमा ग्याब्रियल मार्टिनेली, थोमस पार्टी, मायल्स लुइस–स्केली र इथान एन्वानेरीले गोल गर्दै आर्सनललाई फराकिलो जीत दिलाए । जीतसँगै आर्सनलले शीर्ष स्थानको लिभरपुलसँगको दूरी ६ अंकमा झारेको छ । 


आर्सनलले लिगमा लगातार १४ खेलमा अपराजीत रहँदै २४ खेलबाट ५० अंक पुर्‍याएको छ । शीर्ष स्थानमा रहेको लिभरपुलको २३ खेलबाट ५६ अंक छ। सिटी भने ४१ अंकसहित चौथो स्थानमा छ । 

खबरपाटी
खबरपाटी