स्पानियोलसँग पराजित रियाल मड्रिडलाई पछ्याउँदै एथलेटिको मड्रिड

स्पानियोलसँग पराजित रियाल मड्रिडलाई पछ्याउँदै एथलेटिको मड्रिड

काठमाडौँ । स्पेनिश लिग फुटबल ला लिगामा रियाल मड्रिडको अपराजित यात्रामा पूर्णविराम लागेको छ । रियाल स्पानियोलसँग पराजित भएको हो । 

खेलको ६५ औँ मिनेटमा स्पानियोलका लागि कार्लोस रोमेरोले निर्णायक गोल गरेका थिए । 

यसअघि खेलको २१ औँ मिनेटमा भिनिसियस जुनियरले गरेको गोललाई केलियन एम्बाप्पेले स्पानियोलका मिडफिल्डर पोल लोजानोमाथि फाउल गरेका कारण मान्यता दिइएन । 

अन्य खेलको नतिजा 
गएरातिका खेलमा रायो भाएकानोले लेगनेसलाई १–० ले हरायो । गेटाफे र सेभियाले गोलरहित बराबरी खेले । 

भिल्लारियलले रियाल भल्लाडोलिडलाई ५–१ ले हरायो । एथलेटिको मड्रिडले मयोर्कालाई २–० ले हरायो । 

आज रातिका खेल
आज तीन खेल हुँदैछन् । बेलुकी ६ः४५ बजे बार्सिलोनाले घरेलु मैदानमा डेपोर्टिभो अलाभेससँग खेल्नेछ । राति ९ बजे भ्यालेन्सियाले सेल्टाभिगोसँग घरेलु मैदानमा खेल्नेछ । 

राति सवा ११ बजे ओसासुनाले रियाल सोसिडाडसँग खेल्नेछ । 

अंक तालिका 
२२ खेलबाट रियाल मड्रिड ४९ अंकसहित शीर्ष स्थानमा कायमै छ । रियाल मड्रिडको हारले एथलेटिको मड्रिडले भेट्टाउन पुगेको छ । 

२२ खेलबाटै एथलेटिकोको ४८ अंक रहेको छ । तेस्रो स्थानको बार्सिलोनाको २१ खेलबाट ४२ अंक छ । 

त्यस्तै एथलेटिक क्लब २१ खेलबाट ४० अंकसहित चौथो स्थानमा रहँदा २२ खेलबाट भिल्लारियल ३७ अंकसहित पाँचौँ स्थानमा छ । 

डेटोर्टिभो एलाभेस, भ्यालेन्सिया र रियाल भल्लाडोलिड रेलिगेशन क्षेत्रमा छन् । 

खबरपाटी
खबरपाटी