तस्करी प्रकरण चलाउनेहरु आफैँले सुन तस्करीमा संलग्न : केपी शर्मा ओली
६ असोज २०८०, शनिवार
काठमाडौं । सहकारीको रकम हिनामिना गरेको आरोपमा जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख पक्राउ परेका छन्। म्याग्दीको बेनीमा रहेको कुमारी सहकारी संस्थाको डेढ अर्ब रुपैयाँ हिनामिनाका आरोपित राजकुमार थापा पक्राउ परेका हुन्।
जिसस प्रमुख थापासहित अन्य ४ जना पनि पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार प्रमुख थापासहित सहकारीका पूर्वअध्यक्षहरु मनप्रसाद थजाली, थमबहादुर गर्वुजा, पूर्वकोषाध्यक्ष देवी थापा मगर र पूर्वव्यवस्थापक रुद्रबहादुर गुरुङलाई पक्राउ गरिएको हो।
सहकारी रकम हिनामिनाको आरोपप लागेका अन्य ४ जना आरोपी प्रहरी कार्यालयमा आफैं उपस्थित भए थिए।