आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकारको उपादेयता नदेखिएको टिप्पणी गरेका छन्।
आइतबार (आज) काठमाडौंमा सुरु भएको पार्टीको सङ्घीय सम्पर्क कमिटीको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै नेपालले यस्तो बताएका हुन्।
ुसरकारको उपादेयता देखिएको छैन। विकास निर्माणको काम छैन, संविधानमाथि प्रहार गरेको छ, बसेको छ। बाँकी काम छैन। साना पार्टीहरूलाई फुटाउन आएको हो यो सरकार, षड्यन्त्र गर्नका लागि बनेक हो यो सरकार,ु उनले भने।
यस्तै उनले प्रधानमन्त्री केपी शर्मा ओली कामभन्दा बढी नाम खोज्ने नेता भएको टिप्पणी गरे। उनलाई शिलान्यास मात्रै प्यारो लाग्ने गरेको उल्लेख गर्दै उनले भने, ुसिद्धबाबा सुरुङ सकिन त अझै तीन वर्ष लाग्छ। तर, उनले शिलान्यास गरिसके। उनलाई जहाँ पनि नाम जोड्नुपर्ने, काम सकेकै छैन।ु