त्रिकोणात्मक सिरिजमा नेदरल्याण्ड्स र थाइल्याण्ड खेल्दै

त्रिकोणात्मक सिरिजमा नेदरल्याण्ड्स र थाइल्याण्ड खेल्दै

काठमाडौं । नेपालमा जारी महिला त्रिकोणात्मक टि–२० आई सिरिजमा आज (शुक्रबार) नेदरल्याण्ड्स र थाइल्याण्डको खेल्दै छन् ।

खेल कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा दिउँसो १२ः१५ बजे सुरु हुनेछ । सिरिजमा नेदरल्याण्ड्स लगातार दोस्रो जितको खोजीमा छ । पहिलो खेल खेल्दै गरेको थाइल्याण्ड जितका साथ सिरिज सुरु गर्न चाहन्छ ।

नेदरल्याण्ड्सले बिहीवार भएको पहिलो खेलमा आयोजक नेपाललाई २० रनले पराजित गरेको थियो । महिला टि ट्वान्टी आई वरियतामा थाइल्याण्ड १३औं‌, नेदरल्याण्ड्स १६औं र नेपाल २०औं स्थानमा छ ।

खबरपाटी
खबरपाटी