आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । नेपाली कांग्रेसको ७७ वटै जिल्ला समितिका सभापतिहरू पोखरामा भेला हुने भएका छन्। भेलामा प्रशिक्षण शाखा प्रमुखको जिम्मेवारीमा रहेका जिल्ला उपसभापतिहरूको पनि सहभागिता हुने भएको छ।
माघ २२ र २३ गते हुने भेलामा केन्द्रीय नेताहरुले प्रशिक्षण दिने कार्यक्रम छ। पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजना एवं कांग्रेस कास्कीको व्यवस्थापनमा प्रशिक्षण कार्यक्रम तय गरिएको हो।
कांग्रेसका कास्की जिल्लाका सहसचिव एवं प्रवक्ता नवीन सिग्देलले प्रशिक्षण कार्यक्रममा मुलुकका ७७ वटै जिल्लाका पार्टी सभापति र उपसभापतिहरू सहभागी हुने जानकारी दिए।
प्रशिक्षणमा कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायत नेताहरूले सम्बोधन गर्ने तय भएको छ।