धरौटी बदरको माग गर्दै रविले दिए पोखरा उच्च अदालतमा निवेदन

धरौटी बदरको माग गर्दै रविले दिए पोखरा उच्च अदालतमा निवेदन

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जिल्ला अदालत कास्कीको आदेशप्रति चित्त नबुझेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने उच्च अदालत पोखरा पुगेका छन् । 

लामिछानेले कास्की जिल्ला अदालतको निर्णयविरुद्ध उच्च अदालत पोखरामा निवेदन पेस गरेका हुन् ।  उनले पेस गरेको निवेदन उच्च अदालत पोखरामा दर्ता भएको छ । 

जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राइको इजलासले रविलाई गत पुस २५ गते ६५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।

तर, आज उक्त धरौटी बदर गरी साधारण तारेखमा बसेर मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने माग गर्दै लामिछानेले पोखरा उच्च अदालतमा निवेदन दिएका हुन्। 

खबरपाटी
खबरपाटी