प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या

काठमाडौं । प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या आएको छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबारका लागि तय भएका राजधानी बाहिरका सबै कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्ने भएका छन् । दुई दिनदेखि स्वास्थ्यमा समस्या भएर आराम गरिरहेका प्रधानमन्त्री ओली चिकित्सकको सल्लाह बमोजिम उपत्यका बाहिरको यात्रा नगरी भर्चुअल कार्यक्रममा जुटेका हुन् ।

शुक्रबार प्रधानमन्त्री ओलीका चार वटा कार्यक्रम तय भएका छन् ।

खबरपाटी
खबरपाटी