नेपालकी पूजा महतो बनिन् विश्वकपमा सर्वाधिक विकेट लिने खेलाडी

नेपालकी पूजा महतो बनिन् विश्वकपमा सर्वाधिक विकेट लिने खेलाडी

काठमाडौं । महिला यू–१९ टी–२० विश्वकपमा नेपालीकी पूजा महतो सर्वाधिक विकेट लिने खेलाडी भएकी छन् ।

समूह चरण र प्लेअफपछिको अहिलेको स्थितिसम्म पूजा ९ सहित सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा उक्लिएकी हुन् । पूजाले ४ खेलबाट ९ विकेट लिएकी हुन् । 


मलेसियाविरुद्ध पूजाले ३।४ ओभरमा ९ रन दिएर ४ विकेट लिइन् । पूजाको कसिलो बलिङ मद्दतमा मलेसिया ४४ रनमै रोकिएको थियो । 

प्रतियोगितामा सर्वाधिक विकेट लिने सूचीमा दोस्रो नम्बरमा श्रीलंकाकी चमुदी प्रबोदाले ७ विकेट लिएकी छिन् ।

खबरपाटी
खबरपाटी