बागमतीलाई हराउँदै सुदूरपश्चिम पीएम कप महिला क्रिकेटको फाइनलमा

बागमतीलाई हराउँदै सुदूरपश्चिम पीएम कप महिला क्रिकेटको फाइनलमा

काठमाडौं । सुदूरपश्चिम प्रदेश प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको सुपर फोरको अन्तिम खेलमा बागमती प्रदेशलाई ३० रनले हराउँदै सुदूर फाइनलमा पुगेको हो ।

सुदूरले दिएको ११३ रनको लक्ष्य पछ्याएको बागमती २ बलअगावै ८२ रनमा अलआउट भयो । यशोदा विष्टले सर्वाधिक ३० तथा हेलिशा गुरुङले २३ रन बनाए । अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

सुदूरका लागि कविता कुँवर र करिष्मा थापाले २-२ विकेट लिँदा आशिका महरा र रितु कनोजियाले १(१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरले २० ओभरमा ७ विकेट गुमाएर ११२ रन बनाएको थियो । रितु कनोजियाले सर्वाधिक अविजित ३४ रन बनाइन् । मनिषा बोहराले १६ रन बनाइन् ।

बागमतीका लागि सोनु खड्का र मनिषा उपाध्यायले ३-३ विकेट लिए भने बिपिशा शाहीले १ विकेट लिइन् ।

सुदूरपश्चिमले अब उपाधिका लागि एपीएफसँग खेल्ने छ । फाइनल खेल शनिबार हुनेछ ।

खबरपाटी
खबरपाटी