एमसीसी राम्रो रहेछ भन्ने अहिले सबैले बुझ्दै गए :देउवा

एमसीसी राम्रो रहेछ भन्ने अहिले सबैले बुझ्दै गए :देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाललाई फाइदा हुने क्षेत्रमा वैदेशिक सहयोग लिन सकिने बताएका छन्।

कांग्रेसको आर्थिक नीति तथा योजना विभागले बुधबार सानेपामा आयोजना गरेको नेपालमा वैदेशिक सहयोगको अर्थ राजनीति विषयक कार्यक्रममा सभापति देउवाले वैदेशिक सहयोगका विषयमा बेला-बेला विरोध हुने गरेको भन्दै मुलुकको हितमा वैदेशिक सहयोग लिन सकिने बताए।

उनले विभिन्न निकायले नेपाललाई अनुदान दिने गरेको र केही ऋणसमेत अनुदानमा परिणत हुने गरेको बताए। एमसीसी पास गर्ने बेलामा ठूलो विरोध भए अहिले राम्रो रहेछ भन्ने सबैले बुझ्दै गएको उनले बताए।

सभापति देउवाले नेपाल भारत र चीनको बीचमा रहेकाले त्यहाँको नीतिको असर पर्नु स्वभाविक रहेको र त्यसले फाइदा र बेफाइदा दुवै हुने गरेको बताए।

खबरपाटी
खबरपाटी