काठमाडौं । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा जोडिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने हाजिरी जमानीमा रिहा भएका छन्।
रूपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले उनलाई भोलि उपस्थित हुने सर्तमा पत्नी निकिता पौडेल र कानून व्यवसायीको जिम्मा लगाउन आदेश दिएको हो।
अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीका अनुसार भोलि १० बजे अदालतमा उपस्थित गराउने गरी रविको कानुन व्यवसायी र श्रीमती निकिता पौडेल लामिछानेको जिम्मा जवानीमा छाड्ने आदेश भएको छ।
बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनसम्बन्धी मुद्दामा बुधबार रविको बयान सकिएको हो। भोलिदेखि थुनछेक बहस सुरू हुनेछ।
सुप्रिम सहकारी संस्थाको रकम ठगी र संठगित अपराध कसुरमा लामिछाने, पूर्वडीआइजी छविलाल जोशीसहित २२ जनाविरुद्ध सहकारी ठगी र संगठित अपराध कसुरमा पूरक र गितेन्द्रबाबु राईसहित १७ जनालाई थप कसुर र बिगो थपसहितको मुद्दा दर्ता भएको छ।