जय नेपाल कप टी–२० : त्रिभुवन विश्वविद्यालयको विजयी सुरुआत

जय नेपाल कप टी–२० : त्रिभुवन विश्वविद्यालयको विजयी सुरुआत

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ ९नेविसंघ०को आयोजनामा सोमबारदेखि राजधानीमा जय नेपाल कप टी–२० क्रिकेट प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको प्रथम राष्ट्रपति डा। रामबरण यादवले एक कार्यक्रमकाबीच त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा उद्घाटन गरेका छन् । प्रतियोगिता उद्घाटन गर्दै डा। यादवले खेलकुद संस्कृति, विचार र विभिन्न क्षेत्रको विविधतालाई जोड्ने कडी रहेको बताए ।

पछिल्लो दुई दशकदेखि नेपालले क्रिकेटको क्षेत्रमा उदाउँदै गरेको देशको पहिचान स्थापित गर्न सफल भएको भएकोमा खुसी व्यक्त गर्दै खेलकुदमार्फत विश्वमा शान्ति र सद्भावको सन्देश फैलउन सकिने विश्वास व्यक्त गरे ।

खेलकुदबाट देशको पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने र अनुशासित युवा शक्तिको विकासद्वारा समृद्ध नेपालको निर्माण हुने विश्वास व्यक्त गरे ।

प्रतियोगिता अन्तर्गत आज भएको उद्घाटन खेलमा त्रिभुवन विश्व विद्यालयले विजयी सुरुआत गरेको छ । नेपाली राष्ट्रिय क्रिकेट लोकेश बमको शानदार ब्याटिङ मद्दतले त्रिभुवन विश्वविद्यालयले बाबासाहेब भीम राव अम्बेडकर विश्वविद्यालय बिहारलाई ८ विकेटले पराजित गरेको हो ।

बिहारले दिएको १३५ रनको लक्ष्य त्रिविले १५ ओभरमा २ विकेट गुमाएर पूरा गरेको थियो । त्रिविका लागि ओपनर लोकेशले शानदार ब्याटिङ गरे । ३६ बल खेल्दै ८९ रनको शानदार पारि खेले । खड्क बोहराले १८ रन जोड्दा आयुस भट्टराईले १७ रन बनाए ।

पहिले ब्याटिङ गरेको बिहार १७।३ ओभरमा १३४ रनमा अलआउट भएको थियो ।

बिहारका लागि विशाल राजले ४२ तथा इमरान हस्मिले ४१ रन जोडे । त्रिविका लागि सन्तोष क्षेत्रीले सर्वात्रिक ४ तथा मुकेश ओझा र खगेन्द्र सिंहले समान तीन तीन विकेट लिए । लोकेश बम प्लेयर अफ दी म्याच बने । उनलाई कांग्रेस केन्द्रीय सदस्य राजीव ढुंगाना पुरस्कार प्रदान गरे ।

 

८ वटा विश्व विद्यालयले प्रतिस्पर्धा गरेकोमा दुई समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ त्रिभुवन विश्वविद्यालय, ढाका विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय र बाबासाहेब भीम राव अम्बेडकर विश्वविद्यालय बिहार छन् ।

समूह ‘बी’ मा काठमाडौं विश्वविद्यालय, लखनऊ विश्वविद्यालय, दिल्ली विश्वविद्यालय र मध्यपश्चिम विश्वविद्यालय छन् ।

खबरपाटी
खबरपाटी