पूर्वडीआईजी छविलाल जोशीलाई धरौटीमा रिहा गर्न आदेश

पूर्वडीआईजी छविलाल जोशीलाई धरौटीमा रिहा गर्न आदेश

काठमाडौं । स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा काठमाडौं जिल्ला अदालतले पूर्वडीआईजी छविलाल जोशीलाई धरौटीमा रिहा गर्न आदेश गरेको छ।

सोमबार न्यायाधीश ठाकुर प्रसाद खरेल इजलासले जोशीलाई ५० लाख धरौटीमा   रिहा गर्न आदेश दिएको हो। जोशी धरौटी बुझाएर रिहा भएका छन् ।

जोशीविरुद्ध यसअघि कास्की जिल्ला अदालतमा पनि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुद्धिकरणको कसुरमा पनि मुद्दा दायर भएको थियो । कास्की अदालतमा ८८ लाख धरौटी बुझाएर रिहा भएका थिए ।

खबरपाटी
खबरपाटी