महिला विश्वकप क्रिकेट आजदेखि, नेपालले पहिलो खेल बङ्गलादेशसँग खेल्ने

महिला विश्वकप क्रिकेट आजदेखि, नेपालले पहिलो खेल बङ्गलादेशसँग खेल्ने

काठमाडौं । मलेसियामा आयोजना हुने आइसिसी यु(१९ महिला विश्वकप क्रिकेटमा नेपालले बङ्गलादेशको सामना गर्दै प्रतियोगिताको उद्घाटन गर्ने भएको छ। यो प्रतियोगितामा पहिलो पटक सहभागिता जनाएको नेपालले बङ्गलादेशविरुद्ध जित निकाल्दै प्रतियोगितामा सुखद् सुरुवात गर्ने लक्ष्य लिएको छ। उक्त खेल नेपाली समयअनुसार शनिबार दिउँसो १२ः१५ बजेदेखि सुरु हुनेछ।

गत वर्षको नोभेम्बरमा युनाइटेड अरब इमिरेट्स ९युएई०मा भएको विश्वकपका लागि एसियाली छनोट खेल भएको थियो, जसमा नेपाल विश्वकपका लागि छनोट भएको थियो। त्यतिबेला नेपाल पहिलो खेलमा युएईसँग पराजित भएको थियो, तर अन्तिम खेलमा युएईलाई पराजित गर्दै विश्वकपमा स्थान बनाएको थियो।

विश्वकप छनोटसँगै पहिलो पटक आयोजना हुन लागेको यु(१९ महिला एसिया कपमा पनि नेपाल सहभागी हुने अवसर पाएको छ। विश्वकपमा विभिन्न १६ राष्ट्रको सहभागिता रहेको छ, जसलाई चार समूहमा विभाजन गरिएको छ। नेपाल समूह ुडीु मा परेको छ, जसमा स्कटल्यान्ड, बङ्गलादेश र अस्ट्रेलिया रहेका छन्। नेपालको दोस्रो खेल माघ ७ गते स्कटल्यान्डसँग र तेस्रो खेल माघ ९ गते अस्ट्रेलियासँग हुनेछ।

समूह ुएु मा आयोजक मलेसियासहित साविक विजेता भारत, श्रीलङ्का र वेस्ट इण्डिज, समूह ुबीु मा इङ्ग्ल्याण्ड, आयरल्याण्ड, पाकिस्तान र अमेरिका, तथा समूह ुसिु मा न्युजिल्याण्ड, समोआ, दक्षिण अफ्रिका र नाइजेरिया रहेका छन्।

प्रत्येक समूहका शीर्ष तीन टोली सुपर सिक्समा प्रवेश गर्नेछन्, जहाँ दुई समूहमा छ टोली हुनेछन्। सुपर सिक्समा स्थान बनाएमा नेपालले भारत, श्रीलङ्का र वेस्ट इण्डिजसँग खेल्ने सम्भावना रहन्छ। सुपर सिक्सका दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्।

नेपाली टोलीमा कप्तान पूजा महतोसँगै सोनी पाख्रिन, किरनकुमारी कुँवर, कृष्मा गुरुङ, साना प्रविन, स्नेहा महरा, सावित्रा धामी, तृषना विक, रिया शर्मा, अलिशाकुमारी यादव, कुसुम गोदार, सिमाना केसी, ज्योत्सिका मरासिनी, रचना चौधरी र अनु कडायत छन्।

खबरपाटी
खबरपाटी