खो खो विश्व कप – नेपालको दुवै टोली क्वाटरफाइनल खेल्दै

खो खो विश्व कप – नेपालको दुवै टोली क्वाटरफाइनल खेल्दै

काठमाडौं ।  नेपालको‌ महिला र पुरुष दुवै टोलीले भारतमा जारी खो खो विश्‍व कपमा शुक्रवार क्‍वाटरफाइनलमा खेल्दैछन् ।

बिहीवार बंगालादेशलाई ८४-२४ ले हराउँदै नेपाल महिलातर्फ समूहको विजेताका रुपमा अन्तिम आठमा पुगेको थियो।

सेमिफाइनल प्रवेशका लागि आज नेपालले इरानको सामना गर्नेछ। खेल भारतीय समयअनुसार साँझ ४:३० बजे सुरु हुनेछ।

नेपालको पुरुषत टोली समूह उपविजेता बन्दै क्‍वाटरफाइनलमा पुगेको थियो। दिल्लीस्थित इन्दिरा गान्धी रंगशालामा बिहीवार नेपालले समूह चरणको अन्तिम खेलमा भुटानलाई ९८-८ ले हराउँदै लगातार जित निकालेको थियो।

नेपालले आज क्वाटरफाइनलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । खेल भारतीय समय अनुसार साँझ पौने ६ बजे सुरु हुनेछ।


समूह ‘ए’मा नेपालले  ४ खेलबाट ६ अंक जोडेको थियो।
नेपाल भारतसँगको आफ्नो खेलमा ४१-३७ पराजित भएको थियो । त्यसपछि नेपालले ब्राजिललाई १३४-८ र पेरुलाई ८०-३४ ले हराएको थियो ।

महिलाको समूह ‘सी’ को विजेताका बनेको नेपालले ८ अंक जोडेको थियो । नेपालले पहिलो खेलमा भुटानलाई ९३-२४, दोस्रो खेलमा जर्मनीलाई ७३-३४, तेस्रो खेलमा श्रीलंकालाई ११०-१० ले हराएको थियो ।

विश्व कपमा महिलामा १९ र पुरुषमा २० टोलीको सहभागिता रहेको छ।

खबरपाटी
खबरपाटी