काठमाडौं । चौध महिनादेखि भूकम्पपीडितको घर निर्माण प्रक्रिया सुरु नभएर समस्यामा रहेका पीडितलाई घर बनाउन प्रक्रियागत काम सुरु भएको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १६औँ बैठकले जाजरकोटमा भूकम्प गएको १४ महिनापछि पुनर्निर्माण प्रक्रिया अगाडि बढाउने निर्णय गरेपछि काम सुरु भएको हो ।
बैठकले पश्चिम नेपाल भूकम्प तथा २०८१ सालको मनसुनजन्य विपद्पश्चात् पुनर्निर्माण तथा पुनः स्थापना योजना स्वीकृत गरेको हो । प्रधानमन्त्री एवं परिषद्का अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले क्षतिको विस्तृत विवरण मूल्याङ्कन गरी गत २१ पुस गते विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकको सिफारिसबमोजिम योजना स्वीकृत गरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता एवं सूचना अधिकारी डा। डिजन भट्टराईले जानकारी दिए ।
योजना स्वीकृत भएसँगै आजदेखि लाभग्राहीसँग सम्झौता प्रक्रिया प्रारम्भ गरी पुनर्निर्माण प्रक्रिया सुरु गरिने सूचना अधिकारी भट्टराईले उल्लेख गरे । क्षतिको विस्तृत आकलन ९डिडिए० नभएका क्षेत्रमा सोही दिनदेखि डिडिएको प्रक्रिया प्रारम्भ गर्ने निर्णय बैठकले गरेको छ । सूचना अधिकारी भट्टराईले योजना स्वीकृत भएसँगै जाज