रवि समर्थकद्वारा अदालतभित्रै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट

रवि समर्थकद्वारा अदालतभित्रै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट

काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि काठमाडौं जिल्ला अदालतभित्रै कुटपिट भएको छ । उनलाई रास्वपा सभापति रवि लामिछानेका समर्थकहरूले कुटपिट गरेका हुन् । ुअदालतभित्रै ममाथि आक्रमण भयो,ु त्रिपाठीले शिलापत्रसँग भने ।

त्रिपाठीले बुधबार रवि लामिछानेविरुद्धको मुद्दामा जाहेरवालाका तर्फबाट बहस गरेका थिए । बहस सकेर बाहिरिने क्रममा उनीमाथि आक्रमण भएको हो ।

लामिछानेका समर्थकहरूले यसअघि उनलाई न्यायिक हिरासतमा पठाउने आदेश भएका दिन पनि प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध उत्तेजक नाराबाजी गरेका थिए । 

आदेश आउँदै 

काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलनसम्बन्धी लामिछानेविरुद्धको मुद्दामा आजै आदेश आउने भएको छ । सरकारवादी पक्ष र लामिछाने पक्षका वकिलहरूको बहस सकिएसँगै यो मुद्दामा आजै आदेश आउने भएको हो । थुनछेक बहस सकिएपछि माधवप्रसाद अधिकारीले सबैलाई बाहिर पठाएका छन् । आदेश लेख्ने तयारी भइरहेको छ ।


पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा ६५ लाख रुपैयाँ धरौटी बुझाएर गत बिहीबार छुटेका रवि आइतबार काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका थिए । पहिलो दिन आइतबार लामिछानेको बयान भएको थियो भने सोमबार सरकारी वकिल कार्यालयका तर्फबाट बहस भएको थियो ।

मंगलबार सार्वजनिक बिदा परेकाले बुधबार फेरि बहस भएको हो । बुधबार लामिछानेको पक्षमा वरिष्ठ अधिवक्ताहरू सुशील पन्त र रमण श्रेष्ठले बहस गरेका छन् । 

खबरपाटी
खबरपाटी