काठमाडौं । ।जम्पालिङ तिब्बतीयन शरणार्थी क्याप्प स्थापनाको पचास बर्ष पुगेको अवसरमा नर्थ अमेरिका जाम्पालिङ एसोसेसनको आयोजनामा न्यूर्योकमा एक कार्यक्रम सम्पन्न भएको छ । सन् १९५९ मा चीनले तिब्बतलाई कब्जामा लिएपछि उत्पन्न परिस्थितिमा ज्यान जोगाउन शरण खोज्दै नेपाल र भारतमा ठूलो संख्यामा तिब्बतीहरुको प्रवेश भएको थियो । यसरी शरण खोज्दै नेपाल आएका तिब्बतीलाई तत्कालिन नेपाल सरकारले तनहुँको शुक्ला गण्डकी, कास्कीको पोखरा, काठमाण्डौ लगाएत देशको बिभिन्न बाह्र ठाउँमा शरणार्थी क्याम्पको स्थपाना गरेर उनिहरुलाई बसोबासको व्यवस्था गरेको थियो । तिनै क्यापहरु मध्ये तनहुँको जम्पालिङ क्याप स्थपापनाको पचास वर्ष पुगेको हो ।
उक्त कार्यक्रमा नेपाल र नेपालीलाई धन्यवाद दिइएको गीत ‘धन्यवाद नेपाल, धन्यवाद नेपाली’ को प्रोमो सार्वजनिक गरिएको थियो । उक्त गीत सोही क्यापमा नै जन्मेका हिसी वाङ्दी सृजना गर्नु भएको हो ।
सोही कार्यक्रमा साहित्यकार मालिका केशरी र जम्पालिङ स्कूलका पूर्व शिक्षक आनन्द श्रेष्ठलाई सम्मान गरिएको थियो । मालिका केशरीको उपन्यास ‘दुङाल’ तिब्बती शरणार्थीको कथामा आधारित छ । लेखक केशरीले दुङाल उपन्यास अँग्रेजी संस्करणमा चाँडै नै प्रकाशन हुन लागेको जानकारी गराउनुभयो ।
कार्यक्रममा बेल्दै नर्थ अमेरिका जाम्पालिङ एसोसेसनका अध्यक्ष टासी डोन्डुपले भन्नुभयो, हामी र हाम्रा पुर्खा जीवन खेज्दै आयौ । त्यो अब्ठेरो अवस्थामा नेपाल सरकार र नेपालीले जुन बाँच्ने आधार प्रदन ग¥र्यो त्यसलाई कहिल्यै भूल्न सकिदैन । हामी जहाँ भएपनि हाम्रो क्याम्प र नेपाललाई सदा माया गरिरहन्छौ ।
लेखक केशरीले पुस्तक लेखन स्मरण गर्दै भन्नुभयो, दुङाल तयार पार्दै गर्दा थाहाभयो करिब दुई दशकदेखि नेपाल सरकारले शरणार्थीलाई दिने शरणार्थी परिचय पत्र रोकेको छ । यात्रा अनुमति पत्र प्रदान नगरीदिँदा वा गरिहाले पनि अत्यन्त छोटो अवधिको यात्रा अनुमति पत्र प्रदान गर्नाले क्याम्पा नै खुम्चेर बस्नु परेको अवस्था छ । दशकौंदेखिको जस्तो अवस्था थियो आज पनि उस्तै अवस्था रहेको सुन्दा दुःख लागेको बचाउँदै उहाँले थप भन्नुभयो, हालका दिनमा शरणार्थी क्याम्पमा जन्मिएका बच्चाहरुको जन्म दर्ता स्वरुप निस्सा प्रदान गर्दै आएकोमा सो कार्य पनि रोकिएको सुन्नमा आएको छ । उक्त बच्चा देश बिहिन त छँदै थियो कागजी परिचय बिहिन बनाइनु दुखद् विषय हो । आफ्नो भूमिमा जन्मेका बच्चाको बाँच्नको लागि चाहिने न्यूनतम आधार प्रदान गर्नु नेपाल सरकारको कर्तव्य पनि हो । आफ्ने कतव्र्यबाट नेपाल सरकार यो या त्यो कुनै पनि बहानामा पन्छिन हुँदैन ।