
काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले संविधान संशोधनका नाममा गणतन्त्र, सङ्घीयता र मधेशले प्राप्त गरेको अधिकारका उपलब्धिबारे प्रश्न उठाउन खोजिएमा त्यो स्वीकार्य नहुने बताएका छन् । संविधानका केही धारामा भने संशोधनको आवश्यकता औँल्याउँदै उनले संविधान संशोधन महत्वपूर्ण विषय भएकाले सबैको सल्लाह र सुझाव लिएर मात्र निर्णयमा पुग्न सुझाव दिएका हुन् । संविधान संशोधन आवश्यकताका आधारमा अघि बढाइनुपर्नेमा उनको जोड छ ।
यसअघि सप्तरीको तिलाठीकोइलाडी गाउँपालिका प्रमुख र प्रदेशसभा सदस्यको अनुभव सम्हाल्नुभएका उहाँ गत जेठ २५ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । प्रस्तुत छ, प्रदेशबाट भइरहेका सेवा प्रवाह, उपलब्धि, तीन तहका सरकारबीच सहयोग र समन्वय तथा संविधान संशोधनलगायत समसामयिक विषयमा मुख्यमन्त्री सिंहसँग राससले लिएको अन्तर्वार्ताको सम्पादित अंशः