महिला विश्वकप अभ्यास खेल : वेस्ट इन्डिजले नेपाललाई दियो ११० रनको लक्ष्य

महिला विश्वकप अभ्यास खेल : वेस्ट इन्डिजले नेपाललाई दियो ११० रनको लक्ष्य

काठमाडौं । आईसीसी यू-१९ महिला टी२० विश्वकपको तयारी स्वरूप नेपालले आज पहिलो अभ्यास खेलमा वेष्ट इन्डिजसँग खेलिरहेको छ ।

मलेसिया स्थित कोलेज तुन्कु जाफार मैदानमा भइरहेको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले नेपाललाई ११० रनको लक्ष्य दिएको छ ।

वेष्ट इन्डिजले २० ओभरमा ४ विकेट गुमाएर १०९ रन बनाएको छ । जजारा क्लक्सटनले अविजित २२ रन बनाइन् । त्यस्तै कप्तान समारा रमनथले २५ रन बनाउँदा अबिगेल ब्राइसले १९ रन बनाइन् ।

नेपालकी सिमाना केसी र रचना कुमारी चौधरीले एक(एक विकेट लिए । नेपालले दोस्रो अभ्यास खेल १५ जनवरीमा अमेरिकासँग खेल्नेछ ।

जनवरी १८ देखि फेब्रुअरी २ सम्म मलेसियामा हुने यू-१९ महिला टी२० विश्वकपमा समूह डी मा रहेको नेपालले जनवरी १८ मा बंगलादेशसँग पहिलो खेल खेल्नेछ । यस्तै जनवरी २० मा स्कटल्याण्ड र जनवरी २३ मा अस्ट्रेलियासँग खेल्नेछ ।

खबरपाटी
खबरपाटी