जय ट्रफी : अंक तालिकामा तीन टोलीको समान अंक, आर्मी चौथो स्थानमा

जय ट्रफी : अंक तालिकामा तीन टोलीको समान अंक, आर्मी चौथो स्थानमा

काठमाडौं । जय ट्रफी एलिट कप बहुदिवसीय प्रतियोगिताअन्तर्गत सुरूवाती दुवै खेल बराबरीमा सकिएका छन्।

वीरगञ्जमा भएको खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीचको पहिलो खेल बराबरीमा सकियो। 

यस्तै जनकपुरमा भएको बागमती प्रदेश र मधेश प्रदेशले पनि बराबरी खेलेका छन्। 

दुवै खेल बराबरीमा सकिए पछि अंक तालिकामा भने तीन टोलीको समान अंक भएको छ। 

ीबहmष् दबलप
बागमतीले पहिलो खेलबाट १५ अंक जोडेको छ। मधेश प्रदेश र नेपाल पुलिस क्लबको पनि १५-१५ अंक नै छ। 

ल्अभिि


त्रिभुवन आर्मी भने १४ अंक जोडेर चौथो स्थानमा छ। 

प्रतियोगिताको निमयअनुसार एक विकेटको ०.५ अंक हुनेछ भने २५ रन बराबर ०.५ अंक प्राप्त हुने व्यवस्था छ। 

यस्तै बराबरी भएको अवस्थामा पहिलो इनिङग्समा अग्रता लिएको टोलीलाई ७ बोनस अंक र पछि परेको टोलीलाई ३ बोनस अंक पाउने प्रावधान छ। यस्तै खेल बराबरी भएमा दुवै टोलीले १-१ अंक बोनस पाउने व्यवस्था छ। यहिँ निमयअनुसार तीन टोलीले समान अंक जोडेका हुन्।
 

खबरपाटी
खबरपाटी