छविको बयान : जीबी र रविले माइन्यूटबाटै किर्ते गरे, दुवै मिलेर सहकारीको रकम ल्याए

छविको बयान : जीबी र रविले माइन्यूटबाटै किर्ते गरे, दुवै मिलेर सहकारीको रकम ल्याए

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थामा भएको हिनामिना प्रकरणमा पूर्वडीआईजी छविलाल जोशीले गोर्खा मिडियाका अध्यक्ष गितेन्द्रबाबु राई (जीबी) र प्रबन्ध निर्देशक रवि लामिछानेले सञ्चालकको माइन्युटबाटै किर्ते गर्ने आरोप लगाएका छन् ।

स्वर्णलक्ष्मी ठगी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले आइतबार काठमाडौं जिल्ला अदालतमा दर्ता गरेको मुद्दामा जोशीले शेयर हस्तान्तरण गरेर आफू अमेरिकामा रहेका बेला रवि र जीबीले माइन्युटमा किर्ते हस्ताक्षर गरेर निर्णय अघि बढाएको दाबी गरेका हुन् ।


आफूले गोर्खा मिडियामा लगानी नथप्ने र घर धितो नराख्ने अडान लिँदा सम्बन्ध बिग्रिएको पनि उनले खुलाएका छन् । उनले रविको आग्रहमा शेयर हस्तान्तरण गरेर तीन महिनामै छुट्टिए पनि प्रक्रिया नसकिएको बहानामा सात महिनासम्म गोर्खा मिडियाका काममा लगाइरहेको बताएका छन् । उनले अमेरिका रहेका बेला कम्पनी सदस्यका रूपमा रवि र जीबीले आफ्नो किर्ते हस्ताक्षर गरेको बताएका छन् ।

‘‘पछि अमेरिकाबाट नेपाल आएपश्चात पनि प्रतिवादी जीबीले उक्त कम्पनीमा आफ्नो दायित्व यथावत् नै राखेको थाहा पाई त्यसबारे निजसँग सोधखोज गर्दा मलाई निजले तपाईंको केही कागजपत्रहरूमा हस्ताक्षर छुटेको छ भनेर देखाई पुनःमाइन्युट लगायतका कागजातहरूमा सहीछाप गर्न लगाएकोले मैले आफ्नो सहीछाप रहेको कम्पनीका कागजातहरू हेर्दा मेरो अनुपस्थितिमा प्रतिवादी गितेन्द्रबाबु राई र रवि लामिछानेले मिति २०७७।०७।०४ गते कम्पनीमा बसेको बैठकमा गरिएको निर्णय माइन्युट लगायतका कागजातमा मेरो किर्ते हस्ताक्षर गरी कम्पनीको प्रबन्ध पत्र संशोधन गर्ने र कम्पनीको उद्देश्यमा थप गर्ने निर्णय गरेको कुरा थाहा पाई निजहरूको गलत नियत बुझी उक्त दिनदेखि नै आफू निजहरूसँग बसी कम्पनीमा काम गर्नु हुँदैन भन्ने ठानी मैले सहकार्य गर्न छाडेको हुँ,’ उनल बयानमा उल्लेख गरेका छन् ।

खबरपाटी
खबरपाटी