नेपालमा वैदेशिक लगानी बढाउन एआईडीआईएका ७ सुझाव

नेपालमा वैदेशिक लगानी बढाउन एआईडीआईएका ७ सुझाव

काठमाडौं । द एसियन इन्स्टिच्युट अफ डिप्लोमेसी एन्ड इन्टरनेसनल अफेयर्स ९एआईडीआईए०ले नेपालमा भित्रिएका वैदेशिक लगानीसम्बन्धी एक प्रतिवेदन सार्वजनिक गर्दै विभिन्न सुझावहरु दिएको छ। 


निहार आर नायक र सजिना राईले तयार गरेको प्रतिवेदनले सरकारलाई वैदेशिक लगानी अभिवृद्धिका लागि सातवटा सुझावहरु दिएको हो।

यसअनुसार विदेशी विनिमय नियमन र सुधार अभिवृद्धि, लगानी आप्रवाहको प्रक्रिया सहजीकरण, रेमिट्यान्समाथिको नियमनमा लचकता, स्थिर नीतिको सुनिश्चितता, पूर्वाधारको अपग्रेड, नेपालको बौद्धिक सम्पत्ति अधिकारसम्बन्धी कानुनलाई बलियो बनाउने र वैदेशिक लगानी प्रतिबद्धता र वास्तविक लगानी आप्रवाहबीचको अन्तर हटाउने गरी काम गर्न सरकारलाई सुझाव दिइएको छ। 


प्रतिवेदनमा सन् २००४र०५ देखि २०२२र०२३ सम्म भारत, चीन र अमेरिकाबाट भित्रिएको वैदेशिक लगानीको तथ्यांक समेत समेटिएको छ। 

प्रतिवेदनले सन् २०३० सम्म नेपालले पूरा गर्ने गरी अघि सारेका विकास लक्ष्यहरु पूरा गर्न नेपाल र भारतबीचको सम्बन्ध नै मुख्य हुने उल्लेख छ। सन् १९९० को दशकयता भारतबाट नेपालमा भित्रिएको वैदेशिक लगानीको सम्परीक्षण गरी यसको प्रवृत्ति, चुनौती र अवसरहरुबारे चर्चा गरेको छ। साथै नेपालको आर्थिक विकासमा विशेषगरी जलविद्युत्, उत्पादन, सेवा र पूर्वाधारजस्ता क्षेत्रमा भारतको मुख्य भूमिका रहेको पनि प्रतिवेदनले औँल्याएको छ। 


यसले नेपालको लगानीलाई नियामकीय फ्रेमवर्क, राजनीतिक अस्थिरता, आन्तरिक सुरक्षा र द्विपक्षीय सम्बन्धले कस्तो प्रभाव पारेको छ भन्ने पनि केलाउने प्रयास गरेको छ। 

खबरपाटी
खबरपाटी