नयाँ पार्टी घोषणा गर्दै भीम रावल, बुधबार पत्रकार सम्मेलन

नयाँ पार्टी घोषणा गर्दै भीम रावल, बुधबार पत्रकार सम्मेलन

काठमाडौं । नेकपा(एमाले)बाट निष्कासित भएका नेता भीम रावलले बुधबार पत्रकार सम्मेलन गर्न लागेका छन् । उनले उक्त पत्रकार सम्मेलनमार्फत आगामी राजनीतिक यात्राबारे जानकारी दिने बताएका छन् ।

रावलले एमालेबाट निष्कासित भएपछि राजनीतिक भेटवार्तालाई तिव्रता दिएका छन् । बुधबार बबरमहलको कार्की बैन्क्वेटमा पत्रकार सम्मेलन गरी रावलले आगामी राजनीतिक यात्राका बारेमा जानकारी दिने बताएका छन् ।

रावल निकट स्रोतका अनुसार बुधबार आयोजित पत्रकार सम्मेलनमा नयाँ पार्टी घोषणा गर्नेगरी उनले गृहकार्य गरिरहेका छन् ।

खबरपाटी
खबरपाटी