चीन र भारतले लिपुलेकमा हाम्रो सार्वभौमिकताविरूद्ध काम गरेका छैन : सरकार प्रवक्ता

चीन र भारतले लिपुलेकमा हाम्रो सार्वभौमिकताविरूद्ध काम गरेका छैन : सरकार प्रवक्ता

काठमाडौं । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले लिपुलेकमा नेपालको सार्वभौमिकता प्रतिकूल हुने गरी चीन र भारतले कुनै सम्झौता नगरेको बताएका छन्।

बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने क्रममा उनले भारत र चीनले लिपुलेकबारे नयाँ सम्झौता नगरेको बताएका हुन्। 

मानसरोवर जान लिपुलेकको बाटो प्रयोग गर्ने विषयमा चीन र भारतले नेपाललाई कुनै जानकारी नदिई सम्झौता गरेको चर्चा भइरहेको छ। सञ्चारमन्त्री गुरूङले नेपालले चिन्ता लिनुपर्ने गरी कुनै सम्झौता नभएको दाबी गरेका छन्।

‘चीनका विदेशमन्त्री वाङ यी र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलको बीचमा लिपुलेक प्रयोग गर्ने विषयमा मानसरोवर जान लिपुलेकको बाटो प्रयोग गर्ने सहमति भयो भन्ने समाचार आएको छ। त्यो हाम्रो नक्सामाथि प्रभाव पार्ने ढंगले गरेको होइन। त्यो उनीहरूको पहिलेदेखि नै टेक्निकल कुरा हो,’ गुरूङले भने, ‘यसबारे मन्त्रिपरिषदमा लामो छलफल भयो। निष्कर्ष के निस्किएको छ भने चिन्ता लिनुपर्ने ढंगले, हाम्रो सार्वभौमिकतामा प्रश्न उठ्ने ढंगले त्यो सम्झौता भएको होइन। त्यसमा हामीले चिन्ता लिनुपर्दैन।’

खबरपाटी
खबरपाटी