आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने हिरासतमा सुतिरहेको अवस्थाको तस्वीर सार्वजनिक गरेको आरोपमा पक्राउ परेका डा. निकोलस भुसाल रिहा भएका छन् ।
आइतबार राति काठमाडौंको थलीबाट पक्राउ परेका उनलाई सोमबार नै कास्की लगिएको थियो ।
सोमबार जिल्ला अदालत कास्कीमा उपस्थित गराइएका उनलाई अदालतले म्याद थपको अनुमति भने दिएन । जिल्ला प्रहरी कार्यालय कास्कीले बाहिरबाटै अनुसन्धान गर्ने गरी उनलाई छाडेको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए ।
गत बुधबार रातिदेखि रवि हिरासत कक्षमा सुतिरहेको सीसीटीभी फुटेजको फोटो भाइरल भएपछि बिहीबार भुसालले सामाजिक सञ्जालबाट तस्बिर आफूले खिचेको दाबी गरेका थिए ।